अत्तरिया सवस्टेशनबाट प्रशारित एयरपोर्ट फिडरको विद्युत सेवा अवरुद्ध हुने (सूचना सहित)

अत्तरिया: भोलि (शुक्रबार) अत्तरिया सवस्टेशनबाट प्रशारित एयरपोर्ट फिडरको विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले अत्तरिया–धनगढी ३३ केभी नयाँ लाइन निर्माण गर्नका लागि मनहरा खोला देखि गेटा सम्म पोल गाढ्न उक्त फिडरको विद्युत काट्न लागेको हो ।

धनगढी वितरण केन्द्रले एक सूचना जारी गर्दै शुक्रबार बिहान ८ बजे देखि बेलुका ५ बजे सम्म अत्तरिया सवस्टेशनबाट प्रशारित ११ केभी लाईन अवरुद्ध हुने जनाएको छ ।

Loading...