दाेगाडा मन्दिर गेट तथा सिढि निर्माण गर्न २ दिनमा ५० हजार रुपैयाँ बढी आर्थिक संकलन
आर्थिक संकलन अभियान निरन्तर जारी
बैतडी:


बैतडीको सिगास गाउँपालिका वडा नं. ९ मा रहेको दोगाडा मन्दिरको विकास गर्न RAYS नेपाल द्वारा “दाेगाडा मन्दिर गेट तथा सिढि निर्माणका लागि सञ्चालन गरिएको आर्थिक संकलन अभियान” तिब्र पारिएको छ ।





फोटो: राजेन्द्र सिह साउद/ सुदूरखबर
दाेगाडा मन्दिर प्रवेश गर्ने गेट तथा सिढि निर्माण गर्ने उद्देश्यले RAYS नेपालले आर्थिक संकलन अभियान लाइ तिब्रता दिएको हो । उक्त अभियान सञ्चालन गरेको पछिल्लो २ दिनमा मात्र ५० बढी रुपैयाँ आर्थिक सहयोग संकलन भएको RAYS नेपालका अध्यक्ष सूर्यबहादुर बोहराले जानकारी दिनुभएको छ । उहाँका अनुसार पछिल्लो २ दिन बुधबार र बिहीबार गरी २५ हजार रुपैयाँ भन्दा बढी नेपालमा र २५ हजार रुपैयाँ बढी भारतमा आर्थिक संकलन भएको अध्यक्ष बोहराले जानकारी दिए ।



फोटो: लक्षमण सिंह धामी
बुधबार सिगास ९ चाैखाम दाेगाड स्थित दाेगाडा मन्दिर गेट तथा सिढि निर्माण कार्यका लागि दान पेटिकामा भक्तजनले चढाएकाे भेटी रकम १३ हजार ४ सय ६०/- र चाैखाम मेलढुकुरी घर भई हाल पिथाैरागढ भारत स्थित प्रवासी चाैखाम समाजका अध्यक्ष दान सिह धामीकाे तर्फबाट ३२ हजार सहयोगमा उक्त अभियानकाे थालनी गरिएको थियो।

दोगाड मन्दिरको विकासमा कसैले चाँसो नदिएको र मन्दिरको ऐतिहासिक तथा धार्मिक महत्व गुम्न नदिने उद्देश्यले उक्त अभियान सुरु गरेको RAYS नेपालका अध्यक्ष बोहराले बताए।

साथै उनले सम्पूर्ण श्रदालु भक्तजनहरुलाई सक्दाे सहयोगका लागि अपिल समेत गर्नुभएको छ ।
सिगास गाउँपालिका वडा नं. ९ मा अवस्थित सुप्रसिद्ध धार्मीक स्थल दोगाडा मन्दिरमा पूजाआजा गरे आटेको, सोचेको, चिताएको सबै मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । उक्त मन्दिरमा विशेष गरी बलि चढाइ पूजाआजा गर्ने चलन रहिआएको छ ।
उक्त मन्दिरमा पूजाआजा गर्न सिगास गाउँपालिका सहित छिमेकी जिल्ला बाट समेत श्रदालु भक्तजनहरूको भीड लाग्ने गर्दछ ।
यदि तपाइहरु पनि सिगास ९ मा अवस्थित दाेगाडा मन्दिर गेट तथा सिढि निर्माण गर्न सहयोग गर्न चाहनुहुन्छ भने निम्न खाता नम्बरमा सहयोग रकम जम्मा गर्न सकिन्छ।
Surya Bahadur Bohara
AC-agricultural Development bank (0826604003192015)
Globle ime bank(01907010012786)
Contact-9863529191
Rays Nepal Sigas Baitadi


