नेपाल टी-ट्वान्टी क्रिकेट लिग प्रतियोगिताको नयाँ मिति घोषणा
पहिलो संस्करणको नेपाल टी-ट्वान्टी क्रिकेट लिग प्रतियोगिता एक दिन पछि सरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक विज्ञप्ति निकाल्दै प्रतियोगिता एक दिन पछि सरेको जनाएको छ ।


क्यानले प्राविधिक कारणले प्रतियोगिता एक दिन ढिला सुरु हुने जनाएको छ । अब प्रतियोगिता पुस ९ गते शनिबारबाट सुरु हुने भएको छ ।




यसअघि क्यानले प्रतियोगिता पुस ८ बाट २६ गतेसम्म हुने जनाएको थियो। क्यानले नेपाल टी-ट्वान्टी लिगको टुर्नामेन्ट डाइरेक्टरमा क्यानका महाप्रबन्धक वृतान्त खनाललाई नियुक्त गरेको छ ।


टियु क्रिकेट मैदानमा पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ । यस लिगको पहिलो संस्करणमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन्।


