चुरे गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने नदी खोलाबाट नदीजन्य पदार्थ नउठाउन गौरीगंगालाई सर्वोच्चको आदेश

वीरेन्द्र रावल /धनगढी : चुरे गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने खोला नालामाथी हस्तक्षेप गरेर गौरी गंगा नगरपालिकाले गिट्टी ढुंगाा र बालुवाको टेण्डर आवहान गरेको भन्दै चुरे गाउँपालिकाले सर्वोच्चमा रिट दिएपछि तत्काल खोलाबाट ढुंगा, गिट्टी उत्खनन र विक्री वितरण नगर्न सर्वोच्चले गौरीगंगाा नगरपालिकालाई निर्देशन दिएको छ ।

चुरे गाउँपालिकाको आधार र सीमामाथी हस्तक्षेप गरेर गौरीगंगा नगरपालिकाले केहि सामुदायिक वन उपभोक्ताहरु समेत दर्तागरि वन पैदावारको विक्रीवितरण गर्ने र वैज्ञानिक वन बनाउने कार्य यस अघि गरेको भएपनि त्यसको व्यापक विरोध हुँदै आएको थियो ।

 

चुरे गाउँपालिकाको वडानम्बर ४ अन्तरगत पर्ने बालुवा खोला देखि पश्चिम खुटिया देखि उत्तर चुरेको सीमा नाका पर्ने खोलाबाट गौरी गंगा नगरपालिकाले ठेक्का मार्फत प्राकृतिक साधनको उत्खनन र ओसार पसार गरिन थालेपछि आफुहरु न्यायको लागि सर्वोच्चमा पुगेको कुरा चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर वोगटीले बताउनु भएको छ ।

कैलाली जिल्लाको चुरे गाउँपालिकाको वडानम्बर ४ अन्तरगत पर्ने बादेगडा,बालुवा खोला,शिवगंगा लगायतका खोलाको हालै गंरीगंगा नगरपालिकाले टेण्डर आव्हान गरेपश्चात चुरेको मापदण्ड भित्र पर्ने संवेदनशील स्थलबाट उत्खनन गर्ने कार्य समेत गौरीगंगा नगरपालिकाबाट भएको बताइएको छ ।

चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटीले गौरी गंगा नगरपालिकाको स्ीामा नाका भित्र पर्ने खोलाको ३ करोड ५९ लाखको ठेक्का लाई खरिद प्रकृया मिचेर गौरीगंगा नगरपालिकाका पदाधिकारीले आफ्नै नातागोता पर्ने व्यक्तिलाई १ करोडमा ठेक्का दिने कार्य भएपछि चुरे गाउँपालिकाको तर्फबाट आफनो आधार क्षेत्रलाई अतिक्रमण गरी गरिएको अवैधानिक कार्य तत्काल राकि पाउँ भनि सर्वोच्चलाई गरेको आग्रह बमोजिम सो कार्य नगर्न सर्वोच्चले गौरीगंगा नगरपालिकाका नाममा आदेश भएको बताउनु भएको छ ।

गौरीगंगाा नगरपालिकाले चुरे गाउँपालिकाको ३ हजार हेक्टर जमिन अतिक्रमण गरेको, सामुदायिक वन बनाएर हस्तान्त्रण गरि वन पैदावारको बिक्री वितरण गरिएको अनि चुरेको सीमा क्षेत्रमा पर्ने संवेदनशील स्थानबाट ढुङगा गिट्टी र वालुवा समेत उत्खनन गर्ने कार्य गौरीगंगाा नगरपालिकाले बलमिच्चाई पुर्वक गरिरहेको पनि अध्यक्ष बोगटीले बताउनुभएको छ ।

कैलाली जिल्लाको चुरे र मोहन्याल गाउँपालिकाका अधिकाँश वन क्षेत्रमाथी तराईका गाउँपालिका र नगरपालिकाहरुले सीमा जोडिएको स्थानहरुमा व्यापक रुपले प्राकृतिक साधनको दुरुपयोग गर्ने कार्य भैरहेको स्थानीयको आरोप छ ।
कैलाली जिल्लाको चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकाको सीमा क्षेत्रको स्वामित्वमाथी गौरीगंगा, घोडाघोडी,बर्दगोरिया र लम्की चुहा नगरपालिकाले हस्तक्षेप गरेर चुरे दोहन गरेको आरोप चुरे र मोहन्यालका जनप्रतिनीधिहरुको रहेको छ ।

कैलाली जिल्लाका मोहन्याल र चुरे गाउँपालिकाको स्वामित्वमा रहेका क्षेत्रमा पर्ने खोलाहरुको गौरीगंगा नगरपालिका र लम्की चुहानगरपालिकाले हरेक बर्ष हस्तक्षेपकारी रुपमा टेण्डर आव्हना गरेर चुरेका ढुंगा,गिट्टी बालुवा वन पैदावारको उत्खनन गर्ने र दोहन गर्न गरेको आरोप चुरेका बासिन्दाको रहेको छ ।

वातावरणीय हिसावले चुरे अतिनै संवेदनशील क्षेत्र हो । चुरेको दोहनका कारण तराई क्षेत्रको अस्तित्वमाथीनै संकट पर्ने खतरा देख्दा देख्दै पनि कैलाली जिल्लाको चुरे र मोहन्यालका फेदी,आसपास र चुरेको क्षेत्राधिकार भित्र पर्ने खोलाबाट उत्खनन गर्ने कार्यले समेत चुरे जस्तो कोमल पहाड दिानु दिन संकटमा पर्दे जाने खतरा रहेको देखिन्छ ।

तराईको भविश्य चुरेको अस्तित्व संग जोडिएको अवस्थामा एकातीर चुरे उत्खनन् गर्ने र अर्कातीर चुरे गाउँपालिकाको क्षेत्राधिकार भित्र पर्ने खोलानालाहरुको टेढडर गरेर अबैधरुपले ढुंगा ,गिट्टी र बालुवाको उत्खनन गर्ने कार्य गौरीगंगाा नगरपालिकाबाट भैरहेको बताउनु हुन्छ— चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटी ।

बोगटीले भन्नु भयो— गौरीगंगा नगरपालिकाले आफ्नो क्षेत्राधिकारमा पर्ने खोला नाला छन् भने सो क्षेत्रमा टेण्डर गर्न पाउँछ तर चुरे गाउँपालिकाको स्वामित्वमा रहेका खोलानालाको स्वामित्वलाई हस्तक्षेप गरेर जून अवैधानिक रुपले ढुंगा,गिट्टी उत्खनन् भैरहेको छ त्यो कार्यलाई गौरीगंगा नगरपालिकाले गरेको उक्त कार्यलाई सर्वोच्चले रोकेको भएपनि त्यसको वैज्ञानिक निकास पनि आउनु पर्ने माग चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर वोगटीको रहेको छ ।

Loading...