सांसदको पदको शपथ ग्रहणका क्रममा राप्रपा अध्यक्ष लिङ्देलको चौतर्फी प्रशंसा- ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु बराबर हो’

काठमाडौं : बिहिवार ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य पदको शपथ ग्रहण गरेका छन् । कोहीले ईश्वरको नाममा शपथ लिए, कोहीले जनताको नाममा सपथ लिए।

 

सारा माननीयले शपथ लिई रहदा एमाले अध्यक्ष केपी ओली चाहिँ सपथ लिएनन् । तर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु बराबर हो’ थप सपथले भने सामाजिक संजालमा उनको प्रशंसा भएको छ ।

बिहीबार प्रतिनिधिसभा सदस्य पदको शपथ ग्रहण कार्यक्रममा उनले भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह मानेर काम गर्ने भन्दै शपथ लिएका हुन्।

 

उनले प्रतिनिधिसभा सदस्य पदको शपथ नेपाली भाषमै लिएका हुन्। उनले थप शपथ भन्दै संसद सचिवालयमा पत्रमा लेखिएको छ, ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर काम गर्नेछु।’

Loading...