राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनको विकासका लागि खोले सीईओको भ्याकेन्सी: विदेशबाट फर्कनेलाई अवसर

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फरक शैलीमा उत्रिएका छन् । सांसदको शपथ लिएको भोलिपल्टै लामिछानेले विदेशबाट फर्कनेका लागि आफ्नो पार्टी कार्यालयमा जागिरको अवसर सार्वजनिक गरेका हुन् । उनको यो काम गर्ने शैलीलाई धेरैले मन पराएका छन् ।

 

उनले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत चितवनस्थित कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत ९सीईओ० पदका लागि भ्याकेन्सी खुलाएका छन् । उनले विकास, सुशासन, व्यवस्थापनलगायतका सम्पूर्ण काम सम्हाल्न सक्नेलाई आकर्षक तलव तथा सुविधा दिने उल्लखे गरेका छन् जसका लागि उनले सीभी (बायोडाटा) पठाउन अनुरोध गरेका छन् ।

 

उनले सामाजिक संजालमा सटाटस लेख्दै भनेका छन् ‘कति बाकसमा मात्र फर्किने रु अब आकर्षक जागिरका लागि श्वास र आश लिएर नेपाल आउने नी, हैन त रु शुरूवात एकजनाबाट, थप योजना सार्वजनिक गर्दै जाँउला । आफ्नो ऋख् मलाई पठाउनु होला । म तपाईंलाई लिन आफैँ एयरपोर्ट आउँछु’, ।

Loading...