प्रकाश सपूत र लक्ष्मी आचार्यको स्वरमा मौलिक देउडा गित “लाईहेल कालो टिको” (भिडियो)

धनगढी : गायिका तथा मोडल सुदूरपश्चिमको मौलिकता झल्किने देउडा गित “लाईहेल कालो टिको” बजारमा ल्याएकी छन् ।

चर्चित गायक प्रकाश सपूत र गायिका लक्ष्मी आचार्यको स्वरमा रहेको उक्त गित शुक्रबार सार्वजनिक भएको हो ।

लोकप्रिय देउडा गायक नरेन्द्रराज रेग्मीको शब्द रहेको यस गितमा श्यामस्वेती रसाइलीले एरेन्ज र म्युजिक मिक्सिङ गरेका छन् ।

उक्त गितको म्युजिक भिडियोमा लक्ष्मी आचार्य र प्रकाश सपुतको अभिनय रहेको छ । म्युजिक भिडियोमा सुदूरपश्चिम मौलिकता झल्किएको छ।

गितको म्युजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन् भने सम्पादन मनोज कार्कीले गरेका हुन्। गितको म्युजिक भिडियोमा लक्ष्मी आचार्यको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

नयाँ र मौलिकता झल्किने “लाईहेल कालो टिको” देउडा गित दर्शक स्रोताबाट माया पाउने अपेक्षा रहेको गायिका आचार्यले बताइन् ।

Loading...