को हुन चार्ल्स शोभराज ? बिकिनी किलर किन भनिन्छ ? कसरि पक्राउ परे ? हेर्नुस पुरा नालीबेली र अपराधको वृत्तान्त

काठमाडौं: १० वर्ष नेपाल आउन नपाउने गरी सिरियल किलर चार्ल्स शोभराजलाई अध्यागमन विभागले निष्काशन गरेको छ। कतार एयरलाइन्समार्फत उनी फ्रान्स पठाइएको हो।

सर्वोच्चको आदेशमा शुक्रबार जेलमुक्त भएलगत्तै उनलाई अध्यागमन विभागले निष्काशन प्रक्रिया अघि बढाएको थियो। गृह मन्त्रालयले १० वर्ष आउन नपाउने गरी निष्काशनको निर्णय गरेको हो। अध्यागमन विभागले उनलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ।

 

सर्वोच्च अदालतले सिरियल किलर चार्ल्स शोभराजलाई रिहा गर्न आदेश दिएको छ । चार्ल्स शोभराजलाई अदालतले सन् २००३ मा जन्मकैदको सजाय सुनाएको थियो । सर्वोच्च अदालतले शोभराजलाई उमेरका आधारमा रिहा गर्ने निर्णय गरेको हो । उनी ७८ वर्षका छन् । अदालतले उनलाई १५ दिनभित्र स्वदेश फिर्ता पठाउन पनि आदेश दिएको छ ।

 

चार्ल्स शोभराजकी आमा भियतनामकी र बुबा भारतीय थिए। शोभराजको जन्म ६ अप्रिल १९४४ मा भियतनामको साइगनमा भएको थियो । त्यतिबेला भियतनाम फ्रान्सको कब्जामा थियो । फ्रान्सले कब्जा गरेको देशमा जन्मिएका शोभराजसँग फ्रान्सको नागरिकता छ । शोभराजलाई ‘द सर्पेन्ट’ र ‘बिकिनी किलर’ पनि भनिन्छ ।

 

Loading...