एनआरएनए र भक्त बि.बि.फर ह्युमानिटिको सयुक्त सहयोगमा चुरेको माबि स्कुलमा लाइब्रेरी हस्तान्तरण

अत्तरिया: कैलालीको चुरा गाउँपालिकामा रहेको शुक्र माध्यमिक विद्यालयमा गैर आवासीय नेपाली संघ (एनआरएनए) र भक्त बि.बि. फर ह्युमानिटिको संयुक्त सहयोगमा लाईब्रेरी स्थापना गरि हस्तान्तरण गरेको छ । उक्त सामग्री कक्षा १ देखि ५ सम्मा बिद्यार्थीहरुलाई पठनपाठन सहयोग पुग्ने संस्था केन्द्रिय सल्लाहकार राज बहादुर चन्द बताउनुभयो ।

बि.सं २०१६ मा महान शहिद शुक्रराज शास्त्रीको नाममा स्थापित, श्री शुक्र माध्यमिक विद्यालयमा भक्त बि. बि. फर ह्युमानिटीका केन्द्रिय सल्लाहकार राज बहादुर चन्दले बिद्यालयका प्रधानाध्यापक र बिद्यालय संचालन समितीका अध्यक्ष द्वयलाई सयुंक्त रूपमा उक्त लाईब्रेरी हस्तान्तरण गर्नु भयो ।

बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष, लाइब्रेरी संचालन समिति का अध्यक्ष, बालकृष्ण सापकोटा, विद्यालयका प्राचार्य, शिक्षक लगायत विद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा चन्दले भक्त बि बि फर ह्युमानिटी लगायतका संघ सँस्थाले बिद्यालयलाई एक थान फोल्डिङ्ग स्ट्रेचर समेत हस्तान्त्रण गरेको छ ।

कक्षाको नियमित पढाई बाहेकको अतिरिक्त समयमा बालबालिकाहरुको पुस्तक पढ्ने बानीको बिकास एवम् बौद्धिक बिकास लागि प्रदान गरिएको उक्त लाईब्रेरिमा उपलब्ध रहेको पुस्तकहरुको विभिन्न कथा, कविता, चित्र ,व्यंग्यचित्र लगायतका सामग्रीहरु निकै उपयोगी हुनेछन्।

 

भक्त बि.बि. फर ह्युमानिटीको पहल र सकृयतामा एनआरएनएका अध्यक्ष बिनोद कुंवर, बिक्कु लामा (दुर्गम लाईब्रेरी अभियन्ता ), हेल्प नेपाल नेट्वर्कले लाईब्रेरी स्थापनार्थ सहयोग जारी राखेको छ ।

Loading...