स्थानिय सरकार संचालन ऐन र अनुगमन सम्बन्धी पुनर्ताजीकिय समन्धी २ दिने तालिम चौरपाटीमा सम्पन्न

शेर बहादुर शाह/ अछाम: स्थानिय सरकार संचालन ऐन २०७४ र अनुगमन सम्बन्धी पुनर्ताजीकिय समन्धी २ दिने तालिम चौरपाटी गाउँपालिकामा सम्पन्न भएको छ । कार्यपालिका सदस्यहरु र शाखा प्रमुखहरुका लागी तालिमको आयोजना गरिएकोथियो ।

मालिका बिकास संघ नेपाल परिवर्तन परियोजनाको आयोजना तथा चौरपाटी गाउँपालिकाको समन्वयमा भएको स्थानीय सरकार सँञ्चालन ऐन सँघिय सँरचना अनुसार तिन तहका अधिकार स्थानीय सरकारमा शुसासन प्रबन्ध गर्न नागरिक हरुलाई अर्थपुर्ण सहभागी गराई स्थानीय तहमा पहुच बृद्धि गराउने र पारदर्शी जवाफदेहीता सहभागी उतरदाईत्वमा नागरिक हरुको पहुच बृद्धि गरने स्मार्ट पालिका बारे जानकारी गराई स्मार्ट पालिका बारे सुचना र थिम्स बारे छलफल गराई नागरिक हरुलाई छिटो र छरितो मा पहुँच बृद्धि गराउने उद्धेश्यका साथ तालिमको आयोजना गरिएको थियो ।

तालीममा चौरपाटीगाउँपालिकाका उपाध्यक्ष सर देबि खड्का, सात वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुखहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण मालिका बिकास संघ परिवर्तन परियोजनाका संयोजक रतन बहादुुर रावल र सामाजिक परिचालक दिनेश आउजीले गर्नुभएको थियो ।

Loading...