आइपिएल क्रिकेट ईतिहासकै सबै भन्दा महंगो खेलाडी बने इंग्ल्याण्डका अलराण्डर साम करन
काठमाडौं: इंग्ल्याण्डका अलराण्डर साम करन इण्डियन प्रिमियर लिगको अक्शनमा इतिहासकै महंगो मूल्यमा बिक्री भएका छन् । उनलाई पञ्जाब किंग्सले कीर्तिमानी १८ करोड ५० लाख भारुमा अनुबन्ध गरेको हो ।


बेस प्राइस २ करोड भारु लिने उननलाई पञ्जाब किंग्सले यति मोटो रकम दिएको हो । विश्वकपका फाइनलमा म्यान अफ द म्याच समेत बनेका उनी न् २०२२ को टी२० विश्वकपमा ‘प्लेअर अफ द टुर्नामेन्ट’ बनेका थिए ।




चोटका कारण २०२२ को आईपीएलको मेगा अक्शनमा नाम दर्ता नगराएका उनी २०२० र २०२१ मा चेन्नाईबाट खेलेका थिए । बायाँहाते अलराण्डर करन आईपीएल अक्शनमा आकर्षणको केन्द्र बनेका थिए ।




