बालेनलाई ओलीले तबला उपहार दिए सँगै भने माटोको तबला फुटेकाले मेयर बालेन्द्रलाई नफुट्ने तबला दिएको हु

पोखरा: पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगर पालिकाका मेयर बालेन शाहलाई नफुट्ने तबला उपहार दिएको बताएका छन् ।

 

पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा गैरराजनीतिक कुराकानी गर्न आएका ओलीलाई पत्रकार अखण्ड भण्डारीले र्‍याप गायकलाई तबला किन उपहार दिनु भएको भन्ने प्रश्नमा बालनेसँग माटोको फुट्ने तबला रहेको र आफुले उहालाई नफुट्ने तबला दिएको बताएका छन् ।

 

बालेन शाहले तबला बजाउने कुरा आफुलाई थाहा भएकोले ‘माटोको तबला फुटेकाले’ आफूले नफुट्ने ‘मेटल तबला’ उपहार दिएको उनले बताए । ओलीले भने, ‘तर, उहाँको माटोको तबला थियो, ठाउँ सार्दा फुट्यो । उहाँसँग तबला थिएन, मसँग मेटल तबला थियो, सार्दा पनि नफुट्ने खालको थियो । त्यसो भएर मैले अलिक बलियो, राम्रो क्वालिटीको तबला, यो लगेर ठाउँ सार्दावर्दा तबला फुट्दैन है भनेर गिफ्ट दिएँ ।’

 

आफूले किन तबला दिएको भन्ने थाहा नभए पनि दिन मन लागेर उक्त तबला दिएको बताए । र्‍याप गायकलाई काठमाडौं महानगरको मेयरमा जितेपछि ओलीले तबला उपहार दिएपछि धेरैले चासो व्यक्त गरेका थिए ।

Loading...