नेपाली क्रिकेटर सन्दिप लामिछानेले कारागार बाटै यस्तो मार्मिक पत्र लेखे, भन्छन म चाँडै न्याय पाएर फर्किनेछु


धनगढी : करिब २ महिनादेखि क्रिकेटर सन्दीप लामिछानेले कारागारमा कैद जीवन भोगिरहेका छन् । उनी केन्द्रीय कारागार सुन्धाराको चौघेराभित्र कैद छन् । क्रिकेटमा चम्किएका लामिछानेमाथि एक नाबालिकालाई बलात्कार गरेको आरोप लागेपछि जिल्ला अदालत काठमाडौंले १८ कात्तिकमा पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको थियो ।


उनले केहिदिन अघि कारागारबाट सन्दीपको अग्रेजीमा अभिवक्ता सरोज कुमार घिमिरेलाई पत्र लेखेका छन् । यस्तो छ पत्र



मेरो प्रिय अभिवक्ता !


आशा छ, तपाईं आराम हुनुहुन्छ । तपाईंको यात्रा सुरक्षित रह्यो । सर्वप्रथम मविरुद्ध लगाएको षड्यन्त्रपुर्ण फौजदारी अभियोग विरुद्ध अदालतमा मेरो अधिवक्ताको रुपमा मलाई हेरचाह गर्नु भएको छ । र मेरो प्रतिनिधित्व गरेर यो निरन्तर सहयोगको लागि म आभारी छु ।
मेरो खेलकुद करियर र नेपालको क्रीकेटको स्थिति उकास्न मेरो योगदान बारे तपाईंलाई र सिङ्गो देशलाई नै थाहा छ । अहिले म गम्भीर, गल्त, जालसाजीपुर्ण अपराधीक आरोपको सामना गरिरहेको छु । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा मेरोविरुद्ध षड्यन्त्र रचेका छन् । मेरो जिवन, मेरो परिवार र नेपालमा क्रीकेट र यसको भविष्यका लागि गम्भीर कठिनाई सुरु भएको छ ।

यो समयमा कानुनी टोलिले सबै प्रमाणको समिक्षा गरि विशेषण गरेको हुनु पर्छ । म अच्मित छु कि कोहि मान्छेले अपराधीक प्रकृतिको असत्य र आधारहिन नाटक कसरी रच्छ। अभियोग लाग्नु अघि र पछि अभियोगको प्रकृति र बैधता बारे कागजातहरु प्रमाण लिने अनुसन्धान अधिकारीले कसरी यसलाई वेवास्ता गर्न सक्छन् ।
मलाई देशको कानुन र हाम्रो न्यायप्रणालीप्रती गहिरो सम्मान छ । मलाई थाहा छ, तपाईं र मेरो कानूनी टीमले भित्र लुकेका सबै वास्तविकतालाई उजागर गर्दै मलाई न्याय दिलाउनेछ । म फेरि फर्किनेछु । मलाई अझै ठीक छु, यद्यपि निराशा र हताशापूर्ण सोचहरुले मलाई प्रत्येक मिनेट हिर्काइरहेका छन् । तर, प्रत्येक दिन म आफूलाई बलियो, आत्मविश्वासी र सावधान बनाउने प्रयत्न गरिरहेको छु । मलाई सम्मानित न्यायालयबाट द्रुत न्यायको प्रतीक्षा छ ।
मलाई थाहा छ कि मेरो अनुपस्थितिमा नेपाली राष्ट्रिय टीममा असर परिरहेको छ । म तपाईंमार्फत यो सन्देश प्रवाह गर्न चाहन्छु कि म चाँडै न्याय पाएर फर्किनेछु र हामी आफ्नो टीमलाई माथि उठाउनेछौं । मैले कुनै पनि अपराध गरेको छैन र म निर्दोष छु । केवल निर्दोष । मैले मेरो राष्ट्रका लागि अझै धेरै खेल्नुपर्नेछ ।
उही तपाईंको
सन्दीप लामिछाने
केन्द्रीय कारागार


