कैलालीको गोदावरी नगरपालीकाका एक युवक लागुऔषधसहित धनगढीबाट पक्राउ

अत्तरिया : कैलालीको गोदावरी नगरपालीकाका एक युवक लागुऔषधसहित धनगढीबाट पक्राउ परेका छन् । गोदावरी नगरपालिका ५ बस्ने २७ वर्षीय अमृत रानालाई प्रहरीले पक्राउ गरेको हो।

उनको साथबाट ३ ग्राम ६०० मिलिग्राम लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...