कैलाली जिल्लामा सबै भन्दा बढी सरकारलाई कर दिने करदातालाई चेम्बर अफ कमर्सद्वारा सम्मान

अत्तरिया : आर्थिक बर्ष २०७८/७९ मा कैलालीबाट धेरै कर (राजश्व) तिर्ने ४ जना सम्मानित भएका छन । कैलाली चेम्बर अफ कमर्सले धेरै कर तिर्ने ४ जनालाई सम्मानित गरेको हो ।


सम्मानित हुनेहरुमा नाष्ट कलेजका प्रमुख शिबहरी मुडभरी, मायामेट्रो अस्पतालका संचालक/ अध्यक्ष धिरेन्द्र साँउद, समामा इन्टरनेसनल प्रालिका सहान बाज आलम, किसान लघुवित्त वित्तिय संस्था लिमिटेड सहकारी संस्था रहेका छन् । उनीहरुलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सम्मानित गरेका हुन् ।

कैलाली चेम्बर अफ कमर्सका अध्यक्ष विनोद मल्लले कोरोना कालमा पनि आफ्नो व्यवसायलाई जोगाएर बढी कर तिर्नेलाई उत्प्रेरित गर्न सम्मानित गरिएको बताए । उनले सम्मानित हुने चारै जना कैलाली जिल्लाको हिरो भएको औल्याए ।

कार्यक्रममा चेम्बर अफ कमर्सका केन्द्रिय अध्यक्ष राजेन्द्र मल्ल लगाएत यस क्षेत्रका उद्योग व्यावसायीहरुको उपस्थिति रहेको थियो ।

 

Loading...