कैलालीमा उद्वारका क्रममा चित्तलको मृत्यु

अत्तरिया : डिभिजन वन कार्यालय कैलालीको धनगढीमा घाइते अवस्थामा फेला परेको चितलको उद्वारका क्रममा मृत्यु भएको छ । वन डिभिजनबाट खटिएकोे टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहराबाट उद्वार गरेर ल्याउँदै गर्दा चित्तलको मृत्यु भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय कैलालीबाट चित्तल घाइते फेला परेको सूचना पाएपछि उद्वारका लागि वन डिभिजनको टोली खटिएको थियो । घाइते चितललाई उद्वार गरेर कार्यालयमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको डिभिजन वन कार्यालय कैलालीका कार्यालय प्रमुख केशब पराजुलीले बताए ।

 

घाइते चितलको अगाडिको दुवै खुट्टा भाचिएको उनले बताए । मृत्यु भएको चितललाई कार्यालय परिसरमै खाल्टोमा गाडिएको उनले बताए ।

Loading...