युवा रोशनले गरे कन्चनपुरको कृष्णपुरमा सुर्य नामक चप्पल उद्योग संचालन

एकदमै सस्तो दरमा चप्पल बिक्रीवितरण गर्दै

कन्चनपुर: जिल्लाको कृष्णपुर-०८ कन्चनपुरमा सुर्या नामक चप्पल उद्योग संचालनमा आएको छ।आज बाट सेवा प्रदान गर्दै सिगास गाउँपालिका घर भएका रोसन साउदको आफ्नै लगानीमा उक्त उद्योग संचालनमा ल्याइएको हो।

साउदले १३ लाखको लागतमा संचालनमा ल्याएको उद्योगले लख्खानी नामक सुलभ सस्तो र टिकाउ चप्पल उत्पादन गर्न थालेको छ।उद्योगले बच्चा हरुका लागि ३पिन,महिला(केटी)हरुका लागि सबै मोडल ३ पिन ५ पिन र पुरुष(केटा)हरूका लागि पनि ३ पिन र ५ पिन मोडलका फरक फरक कलरका चप्पलहरु उत्पादन गरिने उद्योगका संचालक रोशन साउदले बताए।

उहाँले बजार भाउँ भन्दा एकदमै सस्तो मुल्यमा सुलभ र टिकाउ चप्पल उत्पादन र बिक्रीवितरण गरिरहेको बताएका छन्।साथै होलसेलमा लग्न चाहने ब्यक्तिहरु लाई अझै अन्यत्र भन्दा सस्तो दरमा बिक्रीवितरण गरिरहेको र सुर्या चप्पल उद्योगलाई एकपटक सेवाको मौका दिनहुन सम्पूर्ण सेवाग्राहीलाई अनुरोध समेत गरेका छन्।

उनले कसैलाई चप्पल चाहिएमा आफ्नो यो ९८६९५१२१०५ मोबाइल नम्बरमा सिधै सम्पर्क गरि लग्न र अडर गर्न सक्ने जनाएका छन्।

Loading...