चुरे गाउँपालिका अध्यक्षद्वारा महिला सामुदायिक भवन उद्घाटन

अत्तरिया: कैलालीको चुरे गाउँपालिका वडा नं.५ खानिडाडाको महिला सामुदायिक भवन उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमबा बिच चुरे गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटीले भवनको उद्घाटन गरेका हुन् ।

 

३० लाख लागतमा निर्माण गरिएको उक्त दुई कोठे भवनका लागि आर्थिक सहयोग नेपाल सरकार तराई मघेस कार्यक्रम मार्फत गरिएको छ । उक्त भवन निर्माणका लागि आर्थिक बर्ष २०७७/०७८ मा रकम बिनियोजित गरिएको थियो ।

Loading...