कैलालीको अत्तरियामा रहेका सुनचाँदी पसलहरु १ साता पुग्दा समेत खुलेनन

अत्तरिया: कैलालीको अत्तरियाका सुनचाँदी पसल आज सातौँ दिनपनी खुलेका छैनन् ।अत्तरियाका सुनचाँदी व्यवशायि विकास सुनारमाथी अपरिचित व्यत्तिले गोली प्रहार गरेपछी व्यापारीहरुले विरोध गर्दै आएका छन् ।

अत्तरियामा रहेका घोडाघोडी पसलका संचालक सुनारमाथी पौष ३ गते बेलुकी पसल बन्द गरेर घर जाने क्रममा अत्तरिया बजार नजीकै गोली प्रहार भएको थियो । गोली प्रहारबाट घाइते भएका सुनारको धनगढी स्थीत मायामेट्रो अस्पतालमा उपचार भईरहेको छ ।

 

गोली हान्ने व्यत्तिलाई पक्राउ गरी कारबाहि गर्नुपर्ने,घाइते सुनारको उपचार निशुल्क गर्नुपर्ने र ढुक्कसंग व्यवशाय गर्न पाउनुपर्ने माग राख्दै सुनचाँदी व्यवशायी,अत्तरिया उधोग वाणीज्य संघ लगायतका व्यापारीक संगठनहरुले विरोध गर्दै आएका छन् ।

कैलाली सुनचाँदी आभुषण संघ उपशाखा अत्तरियाका अध्यक्ष मनोज सदाशंकरले आज कैलालीका प्रमुख जिल्ला अधिकारीसंग छलफलको कार्यक्रम रहेको बताएका छन् ।

 

Loading...