डोटीको राजपुरमामा २५ सय लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट


डोटी: डोटीमा २५ सय लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ । दिपायल सिलगढी नगरपालिका- ४ राजपुरमा उत्पादन गरेको मदिरा नष्ट गरिएको हो ।


शनिबार इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरीक्षक रूपसिंह थापाको नेतृत्वमा खटिएको टोलीले २५ सय लिटर घरेलु मदिरा बरामद गरेर नष्ट गरेको हो ।



प्रहरीले स्थानीय जनप्रतिनिधिको रोहबरमा अवैध मदिरा नष्ट गर्नुका साथै मदिरा बनाउन प्रयोग हुने सामग्री पनि जफत गरेको छ ।





