सुनचाँदी किन्न भनि बजार जादै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको कारोबार भाउ तोक्दै तोलामा २०० रुपैयाँले मूल्य बढेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३०० र तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ८०० रुपैयाँ थियो ।

 

त्यसअघि, विहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख १५ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख १००० रुपैयाँ थियो । शुक्रबार एकै दिन १२ सय रुपैयाँले सुनको मूल्य घटेको थियो । सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्य भने स्थिर बसेको छ । आज चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँ कायम छ । गत साताको शुक्रबार पनि चाँदीको कारोबार मूल्य यही थियो ।

Loading...