जुना आखडा शिव भगवती मन्दिरको अध्यक्षमा पुनःतुल्सीधर गिरी


अत्तरिया: कैलालीको गोदावरी धाममा रहेको जुना आखडा शिव भगवती मन्दिरको अध्यक्षमा पुनः महन्त तुल्सीधर गिरी चयन भएका छन् । मन्दिरको आइतबार सम्पन्न साधारणसभाले अध्यक्षमा पुनः महन्त तुल्सीधर गिरीलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।


उपाध्यक्षमा सुदन भट्ट,महासचिवमा सविन पाठक,सचिवमा चित्र प्रसाद तिमसिना,कोषाध्यक्षमा गेडे खड्का चयन भएका छन् । त्यस्तै सह सचिवमा थ्री डिभीयल क्रियसनका अध्यक्ष दिपक ओझा चयन भएका छन् ।



कार्य समितिमा ६ जना सदस्य रहेका छन् । साधारणसभाले ६ सदस्यीय सल्लाहकार समिति पनी चयन गरेको छ । त्यस्तै साधारणसभाले नवराज ओझालाई कानुनी सल्लाहकारको जिम्मेवारी दिएको छ ।




