बैतडीको पञ्चेश्वरकी २१ बर्षिया मायाका हत्या आरोपी कारागार चलान

बैतडी: बैतडीको पञ्चेश्वर गाउँपालिका ४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्याको आरोपमा पक्राउ परेका भरतराम कोलीलाई कारागार चलान गरिएको छ । कोलीलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो।

 

शिवनाथ गाउँपालिका ४ का २७ वर्षीय कोलीले गत मंसिर १३ गते घाँटी रेटेर हत्या गरेका थिए ।
सशस्त्र प्रहरीका जवान समेत रहेका कोलीले मायाको घाँटी रेटेर हत्या गरेका थिए भने मृतक लुहारकी भदै नाता पर्ने १५ वर्षीया नेहा लुहारलाई घाइते बनाएका थिए ।

 

घटनापछि फरार रहेका कोलीलाई प्रहरीले मंसिर १८ गते महेन्द्रनगरबाट पक्राउ गरेको थियो । कोलीविरुद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान गरेको थियो । उनले माया लुहारको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरिसकेका थिए ।

 

Loading...