बझाङको साइपाल गाउपालिकामा सञ्चालन भएको स्वास्थ्य शिबिरमा १ हजार बढिले सेवा लिए

बझाङ: साईपाल गाउँपालीकामा सञ्चालन भएको तीन दिने स्वास्थ्य शिविर आज सम्पन्न भएको छ । साईपाल गाउँपालीकामा गुँरासे कल्याणकारी सेवा प्रतिष्ठान र रोटरी क्लब अफ नक्सालको आयोजनामा सञ्चालन गरीएको शिबीरमा नेपालगन्ज मेडिकल कलेज र साईपाल गाउँ पालिकाको सहकार्य, सँगै प्राबिधिक सहयोगमा पौष ८ गतेबाट शिबीर सञ्चालन गरीएको थियो ।

 

उक्त तिन दिने शिबीरमा १ हजार ३८ जनाले स्वास्थ्य सम्बन्धि बिभिन्न सेवा लिएका छन् । जसमा सबै भन्दा बढि ७ सय १४ जना महिला , ३ सय २४ जना पुरुषले सेवा लिएको जनाइएको छ ।

महिलापुरुष गरी ल्याब सेवा ८० जनाले लिएका छन् भने स्त्री रोग सेवा १ सय ४० , दन्तसेवा ६३,नाक कान घाटी सम्बन्धि सेवा ७४ जना, हाडजोर्नि सम्बन्धि सेवा १ सय ४,भिडियो एक्सरे सम्बन्धि सेवा ४ सय ३४ जनाले लिएका छन् । यस्तै १६ जनाले परीवार नियोजन सम्बन्धि सेवा लिएका छन् भने ९६ जनरल ओपिडि र १८ जनाले इसीजी सेवा लिएको साइपाल गाउपालिका उपाध्यक्ष डोल्मा तामाङले बताउनुभयो । यस्तै शिबीरमा स्वास्थ्यमा बिभिन्न जटिल समस्या भएका ७ जनालाइ रीफर गरीएको समेत उहाले बताउनुभयो ।


लामो समय देखी बिभिन्न स्वास्थ्य समस्या लुकाएर रहेका जनसमुदायले गाउमा नै सिबिर सञ्चालन हुदा उपचार गर्न सहज भएको भन्दै खुसी व्यक्त गरेका छन् । गाउँपालीका उपाध्यक्ष डोल्मा तामाङ र अध्यक्ष मानविर बोहराले सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर जनसमुदायको स्वास्थ्य समस्या बारे जनाए पछि उहाको पहलमा शिविर सञ्चालन गरिएको हो । ८ गते देखि सुरु भएको स्वास्थ्य शिविर साईपाल गाउँपालीकाको काडा माध्यमिक विद्यालयमा सञ्चालन गरीएको थियो ।

 

साईपाल गाउँपालीकामा गुँरासे कल्याणकारी सेवा प्रतिष्ठान र रोटरी क्लब अफ नक्सालको आयोजनामा सञ्चालन गरीएको शिबीरमा नेपालगन्ज मेडिकल कलेज र साईपाल गाउँ पालिकाको सहकार्य, जिएमसी हस्पिटल पोखरा का साथै युसीएमसी भैरहवाको प्राबिधिक सहयोगमा पौष ८ गतेबाट शिबीर सञ्चालन गरीएको थियो ।

Loading...