सांसद पद नभए पनि गाउँठाउँको विकास र संबृद्धीका लागि निरन्तर अगाडी बढ्नै पूर्व सांसद चुनकुमारी

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका वडा नं. ६ मा रहेका बडेहा र भुँयराका शाखा सडकहरु निर्माण कार्य हरु निरन्तर रुपमा काम सुचारू भएको छ । सोही वडाको कुटि बेहडा पुलसँग जोडिएको शाखा सडकको शिलान्यास गरेकी सुदूरपश्चिम प्रदेशकी पुर्व भौतिक पुर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरीले निर्माण कार्यको सुभारम्भ गरेकी थिईन ।

 

सडकको शिलान्याश पश्चात बोल्दै उनले प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालयबाट छुट्याईएको बजेटबाट विभिन्न शाखा सडकहरु निर्माण तथा कालोपत्रेको काम सुरु भएको बताईन । उनले वडामा करिब साढे ८ किलोमिटर जती सडक कालोपत्रे गर्ने योजना अनुसार बिनियोजित बजेट मध्ये हाल सम्म सडकको दुबै पट्टी नाली हाल्ने काम अगाडी बढिरहेको कुरा जानकारी गराईन ।

बहुवर्षे योजना भएकाले बाँकी काम अरु आर्थिक वर्षहरुमा हुने बताईन । उनले वडाका विभिन्न शाखा सडकहरु निर्माण तथा कालोपत्रेका लागी करिब ७ करोड रुपैया बिनियोजित गरीएको बताईन । ‘जनताहरुले बाटो पिँचको धेरै माग गर्नुभएको थियो, बाटो पिँच छैन भने विकाश भएको पनि देखिदैन’ उनले भनिन ‘त्यसले वडाको विकाशका लागी र यहाँका जनताको मागको सम्बोधन गर्नका लागी मन्त्रालयबाट बजेट विनियोजीत भएको हो ।’ उनले आफु मन्त्रालयमा हुँदा विभिन्न बहुवर्षे योजनाहरु हालेको र सोही योजनाहरुको निर्माण कार्य सुरु भैरहेको बताईन ।

 

वडाका बडेहा र भुँयरा लगायतका टोलहरुका विभिन्न शाखा सडकहरु निर्माण तथा कालोपत्रेका लागी पुर्वाधार विकाश कार्यालय कैलालीले मिनु चन्द्रविकाश पिके जेभीसँग सम्झौता गरेको थियो । करिब ३ करोड ९५ लाखमा १८ महिनाभित्र काम सक्ने गरी पुर्वाधार विकाश कार्यालय सँग सम्झौता भएको ठेकेदार महेश कुमार महराले बताएका छन ।

उनले सम्झौता अनुसार बडेहा र भुयँरा लगायतका विभिन्न टोलका करिब ७, ८ वटा सडकहरु निर्माण तथा कालोपत्रेको काम गरिने बताए । उनले बाटोको क्षेत्रफल करिब १० मिटर रहने र त्यसमध्ये साढे ५ मिटर जती कालोपत्रे गरीने बताए । उनले सम्झौता अनुसार मानव बस्ती बसेको क्षेत्र तथा आवश्यक परेको स्थानमा आरसिसि नाली पनि निर्माण गरिने बताए । उनले समयावधी १८ महिनाको भएपनि अवरोध नभए ६ देखी ७ महिनाभित्रै काम सिध्याउने लक्ष्य रहेको बताए ।

Loading...