रविलामिछाने को रास्वपालाई उपप्रधानमन्त्रीसहित गृह या भौतिक मन्त्रालयमा अडान

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्रीसहित गृह या भौतिक मन्त्रालय दिनुुपर्ने अडान राखेको छ ।यसबाहेक थप श्रमसहित बाँकी दुई मन्त्रालय र उपसभामुखमा दाबी रहेको सो पार्टीका एक नेताले जानकारी दिए ।

“हामीले गृह मन्त्रालय भनेका छौँ, त्यो भएन भने भौतिक मन्त्रालयमा अडान रहने छ,” उनले भने, “श्रम मन्त्रालय पनि हाम्रो रोजाइमा परेको छ ।” उनका अनुसार उपसभामुखमा पनि रास्वपाको दाबी रहेको छ । सभामुख भने नेकपा एमालेले लिने भएको छ ।

Loading...