राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तत्काल सरकारमा नजाने

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तत्काल सरकारमा नजाने भएको छ । सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरु सरकारमा नजाने बताएका हुन् ।

पत्रकारसित उनले भने, ‘राप्रपा अहिल्यै सरकारमा जाँदैन, समर्थन मात्र गर्छ ।’

 

नवनिर्मित सात दलीय गठबन्धनको बैठक बस्‍ने क्रममा बानेश्वर पुग्नु भएका पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पत्रकारहरूसँग कुरा गर्नुहुँदै तत्काल सरकारलाई समर्थन मात्र गर्ने तर सरकारमा सहभागी नहुने बताउनुभएको हो । राप्रपासँग प्रतिनिधिसभामा कुल १४ सांसद छन् ।

Loading...