बैतडीबाट निर्वाचित एमाले नेता दामोदर भण्डारी मन्त्री बन्दै

धनगढी: बैतडीबाट निर्वाचित एमाले नेता दामोदर भण्डारी संघीय सरकारको मन्त्री बन्ने पक्का भएको छ। २०७०, २०७४ र २०७९ मा लगातार संसदीय चुनाव जितेका भण्डारी एमाले सुदूरपश्चिमका अध्यक्ष पनि हुन्।

उनी शपथ ग्रहण गर्न राष्ट्रपति कार्यालय जाँदै छन्। उनको मन्त्रालयको टुङ्गो भने लागेको छैन। भण्डारीसँगै प्रदेश १ बाट राजेन्द्र राई, मधेशबाट ज्वालाकुमारी साह पनि मन्त्री बन्दै छन्।

एमालेबाट विष्णु पौडेल, माओवादीबाट नारायणकाजी श्रेष्ठ र रास्वपाबाट रवि लामिछाने उपप्रधानमन्त्री निश्चित भइसकेको छ। यी सबै मन्त्रीले प्रधानमन्त्रीसँगै शपथ लिनेछन्।

 

Loading...