कैलालीको अत्तरियामा अन्तर माबि स्तरिय भलिबल प्रतियोगिता हुने

अत्तरिया: कैलालीको अत्तरियामा अन्तर माबि स्तरिय भलिबल प्रतियोगिता हुने भएको छ । उद्वार खबर राष्ट्रिय दैनिकले दोस्रो पटक यहि मंसिर १६ गते देखि गोदावरी नगरपालिका वडा नं. २ उत्तरबनखेतमा रहेको सुदूरपश्चिम माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगिताको सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

 

उक्त भलिबल प्रतियोगितामा टिम दर्ताका लागि १ हजार ईन्ट्री फिस तोकिएको छ । कक्षा १० सम्मका अध्ययनरत बिद्यार्थी तथा सोही बिद्यालयका २ जना शिक्षक सहभागी जनाउन सकिने कार्यक्रम संयोजक उद्घार खबर राष्ट्रिय दैनिक अत्तरिया कैलालीका नरेश नाथ योगीले बताए ।

 

उक्त खेलमा खेलाडी तथा शिक्षक सम्बन्धित बिद्यालयको नभएमा टिम रद्घ हुने जनाईएको छ । भलिबल खेलमा चुरे गाउँपालिका, गोदावरी नगरपालिका र कृणपुर नगरपालिकामा रहेका बिद्यालयका बिद्यार्थी र २ जना शिक्षक सहभागी हुने जनाईएको छ ।

 

उक्त खेल १६ र १७ गते गरि दुई दिन संचालन हुनेछ । उक्त खेलमा प्रथम, दोश्रो र तेश्रो हुने खेलाडीहरूलाई क्रमशः १० हजार, ५ हजार, ३ हजार मेडल, ट्रफी र प्रमाणपत्र उपलब्ध गराईने कार्यक्रम संयोजक योगीले बताए ।

Loading...