कैलाली जिल्ला प्रहरी कार्यालय धनगढीका प्रहरी प्रमुख देवेन्द्रबहादुर पाल हाजिर


धनगढी : जिल्ला प्रहरी कार्यालय धनगढीका प्रहरी प्रमुख देवेन्द्रबहादुर पाल हाजिर भएका छन् । प्रहरी प्रमुख पाल सोमबार जिल्लामा हाजिर भएका हुन् ।


गत पुस ४ गते पालको तालुक प्रहरी प्रधान कार्यालय, मावन श्रोत एमः प्रशासन विभाग, कर्मचारी प्रशासन शाखाबाट कैलाली काज सरुवा भएको थियो ।



उनलाई जिल्लामा सोमबार प्रहरी अधिकारीहरुले स्वागत गरेका छन् । कैलाली जिल्लाका प्रहरी प्रमुख शोमेन्द्रसिँह राठोरको ठाउँमा उनको काज सरुवा गरिएको हो ।



