एनसिसि र कुमारी बैङ्क आगामी पुस १७ गते आइतबार देखि एकिकृत कारोबार गर्दै

काठमाडौं: कुमारी र नेपाल क्रेडिट एण्ड कमर्श बैंकको एकिकृत कारोबार मिति तय भएको छ । कुमारी बैंकले मंगलबार सूचना जारी गर्दै एकिकृत कारोबार मिति पुस १७ गते आइतबार तय भएको जानकारी दिएको हो ।

 

नेपाल राष्ट्र बैंकले पुस ६ दुवै बैंकलाई मर्जर हुने अन्तिम स्विकृती दिएको थियो । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने छ ।यस्तै, बैंकले एकिकृत कारोबार हुनअघि डाटा माइग्रेसन प्रयोजनको लागि दुई दिन पुस १५ र १६ गते सार्वजनिक विदाको दिनका कुमारी र एनसिसिद्वारा आफ्ना विभिन्न शाखाहरुबाट प्रदान गर्दै आइरहेको सेवाहरु बन्द रहने जानकारी दिएको छ ।

 

यी दुवै बैंक मर्जर भएपश्चात् चुक्ता पूँजी २६ अर्बभन्दा बढी हुनेछ भने शाखा संख्या ३५५, एटीएम संख्या २४४, एक्स्टेन्सन काउन्टर ५१ वटा हुने बताइएको छ । बैंकको निक्षेप ३ खर्ब १ अर्बभन्दा बढी र कर्जा २ खर्ब ७८ अर्बभन्दा बढी हुनेछ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका रमेशराज अर्याल बन्नेछन् । कुमारी बैंकका रामचन्द्र खनाल वरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुने छन् । विकास न्यूज

Loading...