प्रस्तावित अछामको चौरपाटी बहुमुखी क्याम्पस‌ स्थापनाका समिति चयन

अछाम : प्रस्तावित चौरपाटी बहुमुखी क्याम्पस‌ स्थापनाका लागी बैठक सोमबार चौरपाटीमा सम्पन्न भएको छ । तदर्थ समिति अध्यक्ष हर्क बहादुर साउँद‌को अध्यक्षतमा बसेको बैठेकले विभिन्न समितिहरु गठन गरेको छ ।

 

जस अन्तर्गत पुर्ब वडा अध्यक्ष टेक बहादुर खड्काको अध्यक्षतामा ४ सदस्यीय चौरपाटी बहुमुखी क्याम्पस‌ तदर्थ समिति गठन गरेको छ। समितिको सदस्यहरुमा समाजसेवी खगेन्द्र खड्का ,वडा नम्बर ३ का अध्यक्ष बिरेन्द्र कुमार साउद र समाजसेवी जय बहादुर साउद रहेका छन् ।

यस्तै बैठकबाट गाउँपालिका अध्यक्ष भिम बहादुर साउदको संयोजकत्वमा ९ सदस्यीय आर्थिक संकलन समिति गठन गरेको छ। साथै बम बहादुर शाहको संयोजक रहने गरी ९ सदस्यीय बिधान मस्यौदा समिति समेत गठन गरेको छ।

 

क्याम्पस स्थपनाका लागि चौरपाटी गाउँपालिका अध्यक्ष भिम बहादुर साउदले अफ्ना स्वर्गीय पिता जहर बहादुर साउदको सम्झनामा ५१ हजार १ सय ५१ रुपैयाँ सहयोग गर्नुभएको छ । बैठकमा वोल्दै अध्यक्ष साउदले आफ्नो ब्याक्तिगत र गाउँपालिका बाट गर्न सकिने सहयोगका लागी पछाडि नहट्ने बताउनुभयो । अध्यक्ष साउदले गाउँपालिकाको के्न्द्रमा क्याम्पस स्थपना भए उच्च शिक्षा अध्ययनका लागि गाउँपालिकाका विद्यार्थीले बाहिर जान नपर्ने भन्दै आ आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न हुन आग्रह गर्नु भयो ।

 

बैठकमा गाउँपालिका उपाध्यक्ष सर देबि खड्का,वडा अध्यक्षहरु,समाजसेवि बुद्विजिवी, शिक्षक लगायतको सहभागिता रहेको थिो । बैठकको संचालन सिउडि मा.बि.का प्रधानाध्यापक रमेश धानुकले गर्नु भएको थियो ।

 

Loading...