सुरेशकुमारका केही उत्कृष्ठ गजलहरु


जनताले न जहाज पायो न त रेल पायो,
शुपथ मुल्यमा पेट्रोल न खाने तेल पायो।
टाडा टाडा बाट काम छाडी मतदान गर्दा,
सरकारमा बस्ने नेताहरु सधै वेमेल पायो।
भ्रष्टचारी देशकै दुश्मन सरकारमा बस्छन,
निर्दोश जनताहरू ले सधैभरी जेल पायो।
छिमेकी खुसी हुन्छ सन्तानहरू हुँदा दुखी,
किन नहौस् त जस्ले सधैभरी रखेल पायो।
घोषणा पत्र खोली हेरौं त सबैको नागरिक,
ढोंगीले कुर्ची र जनताले फूल अप्रेल पायो।


॥२॥



बिग्र्यो जानी नजानी आफै बनाउ तिमिले,
अनहाकमा कसैको कत्ती नखाउतिमिले।
धेरै पल्ट नापे एक पल्ट काटे क्रान्तिकारी,
आमूल परिवर्तनमै धेरै गुन लगाउ तिमिले।
बर्गिय मयां मनमै सांच्नु सधैभरी देशभक्त,
बिचार र व्यवहार लाई सधै सटाउ तिमिले।
परिश्रम गर जनताको सियो पनि नलैजानु,
सित्तै नखाए सित्ती चन्दा न उठाउ तिमिले।
क्रान्ति लेक्चर दिनु होइन न भोज न फतेर,
दृघाकालीन शंघर्षको बाटो समाउ तिमिले।
एक प्रतिसतमा टेकेर उनान्नसए लाई लडौं,
वर्गशंघर्षको धुनमा मुर्दापनि नचाउ तिमिले।


॥३॥



