अभिनेता निखिल उप्रेतीले आगामी दिनमा जीवन जिउने कला सहितको पडकास्ट चलाउने तयारीमा

काठमाडौं: अभिनेता निखिल उप्रेती पछिल्लो समय आध्यात्मिक अभियानमा पनि सक्रिय छन् । गत महिनासम्म उनी एमाले उम्मेदवार समेत रहेका दाजु हरि उप्रेतीलाई भोट माग्दै सर्लाहीको चुनावी अभियानमा व्यस्त थिए । निखिलले पछिल्लो समय मोटिभेसनल स्पिच (जीवनदायी प्रवचन) दिन थालेका छन् । समबोधी अभियानमा रहेर उनले प्रवचन दिइरहेका छन् ।

 

यसैबीच, उनले मानिसलाई जीवन जिउने कला सिकाउनेबारेमा पडकास्ट सञ्चालन गर्ने भएका छन् । चाँडै सञ्चालन हुने पडकास्टमा मानिसलाई जीवनप्रति आशावादी बन्ने खालका प्रवचन दिने निखिलले बताए । ‘चाँडै यो पडकास्ट आउनेछ जसले त्यो सुन्ने मानिसलाई हामी अलग छैनौं, बरु एउटै छौं भन्ने बोध गराउनेछ,’ उनले भने । आफूले सञ्चालन गरेको समबोधी अभियानले समानान्तर बोधको कुरा गर्ने भन्दै निखिलले उक्त प्लेटफर्ममा जुनसुकै सवालमा समेत छलफल चलाइने बताए ।

 

‘यतिखेर हामीलाई सोसल नेटवर्कले नजिक बनाएको छ तर सोसल नेटवर्कले टाढा पनि बनाएको छ । अब हामीले नजिक हुन जान्नुपर्छ,’ उनी भन्छन्, ‘सामाजिक सञ्जालले हामीलाई निराशातर्फ लैजान्छ । प्रेमीप्रेमिका मात्र होइन, बाबुआमाले पनि । यो अवस्थामा हामी प्रेमको न्यानोको अपुग भएको व्यक्ति छौं । सोच्ने तरिकालाई फेरि पुनर्विचार नगर्ने त ’ सामाजिक सञ्जाल र वेबसाइटमार्फत पडकास्ट सञ्चालनमा ल्याइने निखिलले जानकारी दिए ।

Loading...