सामाजिक संन्जाल फेसबुक एकाउन्ट ह्याक भएको फिर्ता ल्याउन के गर्ने ? जानकारी लिनुहोस काईदाका टिप्स

काठमाडौं:  ह्याकर वा अनधिकृत व्यक्तिको पहुँचमा पुगिसकेको फेसबुक अकाउन्ट पुनः फिर्ता ल्याउने विभिन्न तरिका छन् । कहिलेकाहीँ यो प्रक्रिया अलि लामो हुनसक्छ भने कहिलेकाँही छिटै अकाउन्ट फिर्ता आउनसक्छ । ह्याकरले अकाउन्टमा धेरै कुराहरु जस्तै युजरनेम, पासवर्ड, सम्पर्क विवरण, ईमेल आदि परिवर्तन गरेको छ भने रिकभर गर्न वा पूर्व अवस्थामा ल्याउन झन्झट हुन्छ ।

अकाउन्ट ह्याक भएको थाहा पाउने उपाय

-तपाईंले कहिल्यै नखिचेका फोटो तथा भिडिओहरु तपाईंको अकाउन्टबाट अपलोड हुनु ।

-अकाउन्टमा जोडिएका साथीहरुले अनावश्यक मेसेज प्राप्त गर्नु ।

-तपाईंले प्रयोग गरिरहने डिभाइसबाट लगइन नहुनु ।

यदि यस्ता वा यस्तै प्रकृतिका समस्या भोगिरहनु भएको छ भने सामाजिक सञ्जाल कम्पनीले तपाईंलाई तत्काल पासवर्ड परिवर्तन गर्न सुझाव दिन्छन् । यस्तो सुझावसँग जोडिएको नोटिफिकेसनलाई ध्यान दिनु जरुरी हुन्छ । अब तपाईंले नयाँ पासवर्ड राख्दा पुराना पासवर्डहरु दोहोर्‍याउनु हुँदैन । योसँगै बलियो पासवर्ड राख्नुपर्छ । यदि पासवर्ड परिवर्तन गर्न खोज्दा पनि भएन भने जतिसक्दो चाँडो कम्पनीमा सम्पर्क गर्नुपर्ने हुन्छ ।

ह्याक भएको फेसबुक अकाउन्ट कसरी फिर्ता ल्याउने

आफ्नो फेसबुक अकाउन्ट ह्याक भएको छ भने सुरुमा यहाँ क्लिक गर्नुहोस् ।

अब ‘माई अकाउन्ट इज कम्प्रमाइज्ड’ मा क्लिक गर्नुहोस् ।

-अर्को पेजमा तपाईंको ईमेल र मोबाइल नम्बर टाइप गर्नुहोस् ।

 

-अब पुरानो पासवर्ड टाइप गरेर लगइन गर्नुहोस् । यदि ह्याकरले तपाईंको अकाउन्टको पासवर्ड मात्र परिवर्तन गरेको छ भने तपाईंले यहाँबाट अकाउन्ट पुनस् आफ्नो कन्ट्रोलमा लिन सक्नुहुन्छ । यसका लागि लगइन भएपछि नयाँ पासवर्ड राख्नुहोस् ।

 

यदि यहाँ अकाउन्ट लगइन भएन भने तपाईंले पेजमा भएको ईमेल एड्रेसमा मेल पठाउन सक्नुहुनेछ । यसो गर्दा प्रतिक्रियाका लागि समय लाग्नसक्छ । यदि यसो गर्दा समेत भएन भने तपाईंले ‘नो लङ्गर ह्याभ एक्सेस टु दिसरु’ मा क्लिक गरेर तपाईंले आफ्नो अकाउन्ट खोज्‍न सक्नुहुनेछ । फेसबुकले यहाँ तपाईंको अकाउन्ट कुन ठाउँबाट, कुन डिभाइसबाट लगइन भएको देखाउनेछ ।

 

यदि यी सबै गर्दा पनि भएन भने तपाईंले आफूसँग सम्बन्धित १३ प्रकारका कागजात जस्तैस् चालक अनुमतिपत्र, पासपोर्ट, विवाहको प्रमाणपत्र, नागरिकता आदिबाट अकाउन्टमा पहुँच प्राप्त गर्न सक्नुहुन्छ । जसका लागि १३ प्रकारका कागजपत्रमध्ये कुनै एक तपाईंले समातेको फोटो फेसबुकलाई पठाउनुपर्ने हुन्छ । यी सबै कुरा तपाईंले ‘नो लङ्गर ह्याभ एक्सेस टु दिस्’ पेजमा गर्नुपर्ने छ । अब यस पछाडिको प्रक्रियाबारे फेसबुकले तपाईंलाई मेल पठाउनेछ । टेकपाना बाट

Loading...