कान्छी’ सिरियलको कान्छीको जेठो श्रीमान ‘मादे’को शरीरभरी मटितेल खनिएर पुरै शरीर जलेको खुलाशा ! सिरियलबाट समेत निकालिए (भिडियो हेर्नुस)

पछिल्लो समय कान्छी सिरियलमा मादे नामक पात्रको भुमिका निर्वाह गर्दै गाली र ताली दुवै पाइृरहेका कलाकार हुन् बिनोद राई । कलाकारितामा १७, १८ बर्षको सँघर्ष छ, बिनोदको । घ्याम्पे सुव्बा नामक मेरी बास्सै सिररियलमा निभाएको भुमिकाले चिनिने बिनोदलाई कलाकारिता सम्बन्धी प्रश्न गर्दा यस्तो उत्तर दिए ।

कला क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
सानैदेखि कलाकार बन्ने सपना देखेको थिएँ । फिल्मको किरो नै थिएँ । मिथुनको फिल्म हेरेर जान्थे । हिरोले गुन्डालाई कुटेको देखेर मजा मान्दै घर जाँदा आफुले पनि पिटाई भेट्थे । घरमा अबेला पुग्ने भएकाले यसरी पिटाई खानुपथ्र्यो । पछि सडक नाटक हुदैं यही क्षेत्रमा संघर्ष गर्दै आइयो । पहिले तितोसत्यमा रोल पाएको थिएँ । तर, ताली बजाउने र उभिने रोल मात्र ।
धेरैपछि डायलगसहितको रोल पाएको थिएँ । क्यामेरा फेस गर्नसाथ डायलग बिर्सेछु । त्यसपछि केही ब्याक भयो कला यात्रा । धेरै ठाउँमा धाएँ । कान्तिपुर टेलिभिजनमा ह्वाट द फ्लपका सन्दीप क्षेत्री सर भेटेपछि भने यो जुनीमै कलाकार बन्ने धोको पुरा भयो जस्तो लाग्यो । कान्तिपुरमै ‘हिजोआजका कुरा’ मा काम गरें । झ्याईकुटीझ्याइ, अमिलो पिरो, गाई कि त्रिशुलमा पनि काम गरे ।

कतिको गाह्रो भयो यहाँसम्मको यात्रा ?
सुरुका दिनहरुमा विभिन्न ठाउँ धाएँ, कतै केही रोल पाइहालिन्छ कि भनेर । तर, सुरुमा सबैले आश मात्र देखाउँथे, पछि निराश पार्थे । दस वर्षको यात्रामा धेरै फिल्महरुमा अनसिन रोल पाएँ । जहाँ न त नाम हुन्थे, न त अनुहार देखिन्थे । यसरी नै निरन्तरता दिदैं रहे । अहिले भर्खर सुनौलो बिहानी सुरु भएको छ । अब यो यात्रामा घाम उदाउँला कि भन्ने आशामा बसेको छु ।

बाल्यकालमै शरीरभरी मटितेल खनिएर यस्तो अवस्थामा पुगेका बिनोदले जीवनमा यतिसम्म सँघर्ष गरेका रहेछन् । उनीसँग शिशिर भण्डारीले गरेको कुराकानी हेर्नुस

Loading...