ज्योतिषिलाई साईत हेराएर आजै बालुवाटार सर्दै प्रधानमन्त्री प्रचण्ड
काठमाडौं: निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छोडेसँगै नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटार सर्ने तयारी गरेका छन् ।


आइतबार प्रधानमन्त्री नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड परिवारसहित बालुवाटार सर्ने तयारी गरिरेका हुन ।




यसपटक प्रधानमन्त्री प्रचण्ड पनि ज्योतिषसँग साइत हेराएर आजै सरकारी निवास सर्न लागेकाे सचिवालयले जनाएकाे छ।



