नेपालको सेयर बजारमा लगानी गर्नेहरुका लागि अर्को खुसीको खबर, रु.२४८ का दरले प्रतिकित्ता किन्न मिल्ने गरी आईपिओ निस्कासन हुँदै

काठमाण्डौं: माण्डु हाइड्रोपावर कम्पनी लिमिटेडले प्रिमियममा साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ ।

कम्पनीले स्थानीय तथा सर्वसाधारणका लागि ४० करोड ५८ हजार १९ हजार ७ सय ६० रुपैयाँ बराबरको १६ लाख ३६ हजार ३ सय ७ कित्ता आईपीओ निष्कासन गर्न पुस ११ गते, साेमबार सेबाेनमा निवेदन पेश गरेकाे हाे ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा १४८ रूपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २ सय ४८ रूपैयाँमा आईपीओ निष्कासन गर्न लागेकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

यसैबीच बुधबार सेयर बजारमा सामान्य गिरावट देखिएको छ । २ दिन बजार उच्च अंकले बढेपछि आज लगानीकर्ताहरूले नाफा बुक गर्दा करेक्सन आएको विश्लेषक बताउँछन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ११.८१ अंकले घटेर १९७२.१५ विन्दुमा झरेकाे छ । नेप्से ०.६० प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ४.७२ अंकले घटेर ३८१.३२ विन्दुमा झरेको छ ।

कूल २५७ वटा कम्पनीकाे ६५ लाख ३० हजार ४ सय १५ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब १५ करोड ३५ लाख ४७ हजार २ सय ७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ८ वटा उपसमूहकाे सेयर घटेको छ । बाँकी ५ वटा उपसमूहकाेे सेयर बढेकाे छ ।

बुधबार नबिल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ८ कराेड ८५ लाख १९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

यस दिन ५ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सेन्ट्रल फाइनान्स, प्रभु लाइफ, धाैलागिरी लघुवित्त, खप्तड लघुवित्त र श्रृजनशिल लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

आज महुली लघुुवित्त वित्त्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.२० प्रतिशतले घटेर प्रतिकित्ता एक हजार २० रूपैयाँमा झरेकाे छ । सेयर चौतारी बाट

Loading...