३ वर्ष देखी चिनले बन्द रहेको रसुवागढी नाका प्रचण्ड प्रधानमन्त्री भएलगत्तै खोल्यो !

काठमाडौं: रसुवागढी नाकाबाट नेपाली सामान चीनतर्फ निर्यात सुरु भएको छ । २०७६ सालको माघदेखि नै चीनले विभिन्न कारण देखाएर नेपाली सामान रोकेको थियो । अब भने झन्डै तीन वर्षपछि नेपाली सामान चीनतर्फ निर्यात सुरु गरेको हो ।

 

हिजो ५० लाख नेपाली रुपैयाँ बराबरका सामान बोकेको आठ वटा कन्टेनर चीन गएको रसुवा भन्सार कार्यालयले जनाएको छ । आजदेखि औपचारिकरूपमै रसुवागढीबाट केरुङ हुँदै सामान निर्यात सुरु भएको हो ।

 

रसुवागढी नाका भएर मैदा, बेसार, खुर्सानी, बाँसका मुढा, कुचो, हस्तकलालगायत एक सय ८३ वटाभन्दा बढी प्रकारका सामग्री चीन निर्यात हुँदै आएका छन् ।नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएको दोस्रो दिन मंगलबारदेखि चीनसँगको रसुवागढी नाकाबाट सामान निर्यात सुरु भएको हो।

Loading...