कांग्रेस भित्रको द्वन्द चल्दै गर्दा देउवालाई कारवाही गर्नु पर्छ भन्नु गलत- कोईराला

काठमाडौँ: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई कारवाही गर्नुपर्छ भन्नु गलत हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता डा. कोइरालाले देउवालगायतलाई कारवाही गर्नुपर्छ भन्न नहुनेमा जोड दिए ।

डा. कोइरालाले कांग्रेसको साथ छाडेर एमालेसँग मिलेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनको मर्म नबुझेको आरोप समेत लगाए ।

उनले सबैभन्दा ठूलो पार्टीको हिसाबमा कांग्रेसले प्रधानमन्त्रीमा दाबी गर्नु स्वभाविक भएको पनि उल्लेख गरे । यद्यपि राष्ट्रपति लिएर सहमती गर्न गरेको भएपनि हुने भन्दै उनले गठबन्धनमा कांग्रेसका तर्फबाट पनि चुक भएको उनले औँल्याए ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे आगामी पुस २२ गते डाकिएको पार्टीको केन्द्रीय समितिको बैठकमा समीक्षा हुने उनको भनाइ छ ।

Loading...