गोदावरी नगरपालिकामा न्यायिक समितिबाट विगत ५ महिनामा ८१% मिलापत्र भै मुद्दा फर्छ्यौट

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा चालु आर्थिक वर्ष २०७७ /०७८ यता १३३ मुद्दा न्यायिक समितिमा दर्ता भएका छन् ।

दर्ता मुद्दा मध्ये १०८ ओटा मुद्दालाई आपसी मेलमिलाप गरी फर्छ्यौट गरीएको कुरो नगरपालिका उप प्रमुख  शारदा देवी रोकायले जानकारी दिनु भयो ।

पछिल्लो समयमा जग्गा जमीन र लेनदेनका केश हरु बढी आएको समेत जानकारी दिनु भयो । विगत ५ महिना यता नगरपालिकामा ९० ओटा मुद्दा दर्ता भएको र अघिल्लो आर्थिक वर्षको ४३ गरी जम्मा १३३ ओटा मुद्दा दर्ता भइ १०८ ओटा मेलमिलाप गरिएको र २५ ओटा मुद्दा प्रक्रियामा रहेको कुरा न्यायिक समिति संयोजक रोकाया ले जानकारी दिनुभयो ।

 

Loading...