पछिल्लो समय स्थायी बन्धयाकरण तर्फ बझाङका पुरुषको आकर्षण बढ्दो

बझाङ: कुनै बेला पुरुष बन्ध्याकरण गर्न नमान्ने बझाङमा पछिल्लो समयमा भने पुरुष स्थायी बन्ध्याकरण गर्नेमा निकै आकर्षण बढ्दै गइरहेको छ । पुरुष बन्ध्याकरण गरेपछि कमजोर भइन्छ मानसिकता केही समयअघिसम्म थियो । पहाडि भूभागमा भारी बोकेर जीवन निर्वाह गर्नुपर्छ, बन्धयाकरण गर्दा कमजोर भइने भन्दै जति सन्तान भए पनि भगवानको भर पर्ने उनीहरु बताउँथे । यही विश्वासको कारण जति सन्तान भए पनि पुरुष बन्ध्याकरण गर्न खासै अघि सर्दैनथे । तर चेतनाको विस्तार सँगै सडक सञ्जाल र स्थानीयस्तरमै बन्ध्याकरण शिविर हुन थालेपछि पछिल्लो समय बझाङ पुरुषहरु बन्ध्याकरणतर्फ आकर्षित हुँदै गएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय बझाङको आयोजनामा जिल्ला अस्पताल , साइपाल गाउपालिका , बुङगल नगरपालिकाको बिभिन्न ठाउमा गरीएको एक दिने पुरुष स्थायी बन्ध्याकरण शिविरमा बन्ध्याकरणकै लागि पुरुषहरु लाइन बसेका भेटिएका थिए । बिभिन्न ठाउमा बिहान १० बजेबाट सुरु भएको शिविरमा बेलुकी ६ बजेसम्म ५४ जनाको स्थायी बन्धाकरण गरिएको जनाइएको छ ।

शिबिर छोटो हुने र अपे्रशनमा स्वास्थ्यकर्मि कम हुने भएकाले बिभिन्न ठाउमा भएको शिबीरमा ५४ जनालाई मात्र सेवा दिन सकिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक दिपेन्द्र मिश्रले बताउनुभयो । जसमा मँसिर २२ र २३ गते गते बुङगल नगरपालिकाको दहबगर स्वास्थ्य चौकि र खीरातडि स्वास्थ्य चौकि मा भएको एक दिने पुरुष बन्ध्याकरण शिबीरमा १७/१७ जनाले सेवा लिएका थिए भने साइपाल गाउपालिकामा ८ गते भएको पुरुष बन्धयाकरण शिबीरमा ३ जनाले सेवा लिएका छन् यस्तै जिल्ला अस्पतालमा भने हाल सम्म १७ जना पुरुषको बन्धयाकरण गरीएको जनाइएको छ ।

परीवार नियोजन कार्यक्रम अन्र्तगत जिल्ला अस्पतालमा भने हरेक दिन पुरुष बन्धयारण गरीने गरेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक मिश्रले बताउनुभयो । सन्तानका रहर पुगेकाहरु अहिले यसरी ‘स्थायी पुरुष बन्ध्याकरण गराउन आउनेको संख्या हेर्दा निकै खुसी लागेको छ,’ उहाले भन्नुभयो । सुविधासम्पन्न अस्पतालमा जान नसक्ने तर सन्तानको रहर पुगिसकेका र आर्थिक अवस्था कमजोर भएकालाई यस्ता शिविर सजिलो हुने वडा अध्यक्षहरुले बताएका छन् । उक्त पुरुष बन्धाकरण शिबीर पालिका सँग समन्यय गरेर जिल्लाका अन्य स्थानहरुमा पनि सञ्चालन गरीने जनाइएको छ ।

Loading...