बझाङको मष्टा गाउँपालिका – १ का बिद्यालयलाई इलोक्ट्रोनिक हाजिरी वितरण

बझाङ: मष्टा गाउपालिका वडा नम्बर १ मा रहेका बिद्यालयका प्रअ र बिद्यालय व्यबस्थापन समितीका अध्यक्ष सँग छलफल गरीएको छ । मष्टा गाउपालिका वडा नम्बर १ मा रहेका बिद्यालयका प्रअ र बिद्यालय व्यबस्थापन समितीका अध्यक्ष सँग वडा अध्यक्ष रामचन्द्र रोकायाले गुणस्तरीय शिक्षालाइ मर्यादित बनाउने बिषयमा छलफल कार्यक्रम गर्नुभएको हो ।

 

आज एक कायृक्रमको आयोजना गदै गणस्तरीय शिक्षा दिन सहज होस भनी उक्त वडा भित्रका घचाया माबि कोटदेबल, सुर्मा देबी आधारभुत बिद्यालय लेकी,सरस्वती माबी रनाडा, माइतिबन आधारभुत बिद्यालय लाइ इलोक्टोनिक हाजिरी समेत वितरण गर्रीएको वडा अध्यक्ष रोकायाले बताउनुभयो ।

इलोक्टोनिक हाजिरी वितरण कार्यक्रममा वोल्दै मस्टा गाँउपालिकका अध्यक्ष ज्ञान बहादुर बोहराले विध्यालयमा इलोक्टोनिक हाजिरी सुरु गर्नु राम्रो कार्य भएको बताउनुभयो । यस कार्यले शिक्षकहरु नियमित विध्यालयमा उपस्थित हुने र शिक्षकहरुको मासिक रुपमा आए गएको निगरानि हुने र यसले गुणस्थरीय शिक्षा दिन सहयोग मिल्ने समेत बताउनुभयो ।


यस्तै उत्कृष्ट प्रध्यानाध्यापक र बिद्यालय छनौट गर्न कार्यदल गठन गरीएको छ । जसमा वडा सदस्य कलक थापाको नेतृत्बमा प्रअ दिपेन्द्र बहादुर खड्रका, ममता शाह ,महेन्द्र बहादुर सिह , दिपक खड्रका रहने गरी उत्कृष्ट प्रध्यानाध्यापक र बिद्यालय छनौट गर्न मापदण्ड समबन्धि कार्यदल गठन गरएिको हो ।

यस्तै आज नै मष्टा गाउपालिका वडा न १ को बेताल कोटभैरब आधारभुत बिद्यालयमा बाल कक्षामा पढ्रने बिपन्न तथा दलित परिवार १२ जनालाइ वडा अध्यक्ष रामचन्द्र रोकायाले न्यानोे स्कुल डे्रस बितरण गर्नुभएको छ ।

मष्टा गाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामचन्द्र रोकायाको अध्यक्षतमा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथी मष्टा गाउपालिका अध्यक्ष ज्ञान बहादुर बोहरा रहनुभएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य प्रकास ओखेडा , तुलसी द्वाल लगायत शिक्षक विध्यालय ब्यावस्थापन समितीका अध्यक्ष शिक्षकहरुको उल्लेखिय उपस्थिती रहेको थियो ।

Loading...