अछामका आशिष महरले ल्याए पहिलो सांगितिक कोसेली ‘चौतारी’ (भिडियो सहित)

धनगढी : टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल-४’ बाट सांगीतिक यात्रामा चर्चामा आएका अछामको मेल्लेख गाँउपालिकाको दोगडा घर भएका आशिष महरले पहिलो गित ‘चौतारी’ ल्याएका छन् ।

गितमा शब्द, म्युजिक र स्वर उनकै रहेको छ । गितको एरेन्ज र मिक्सिङ्ग रिकेश गुरुङ (किईज) ले गरेका छन् । म्युजिक भिडियोको फिचर्डमा आशिष महर र मुना ठकुरी रहेका छन् ।

म्युजिक भिडियोको सम्पादन प्रविन भट्टले गरेका छन् भने म्युजिक भिडियोको निर्देशन प्रशान्त मगरले गरेका छन् । म्युजिक भिडियो आशिष महरको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

महर ‘द भ्वाइस अफ नेपाल-४’ को सेमिफाइनल फाइनलबाट बाहिरीएका थिए ।भ्वाइस अफ नेपालमा स्रोता दर्शकको अत्यधिक मन जित्न सफल भएका थिए ।

Loading...