गृहमन्त्री रबि लामिछानेको निर्देशन पछि नियम बिपरित खटिएका १९४ सुरक्षाकर्मी सरकारी ड्यूटीमा फर्किए

काठमाडौँ: गृह मन्त्रालयको निर्देशनपछि नियम विपरीत खटिएका सुरक्षाकर्मी फिर्ता हुन थालेका छन् ।

बिहीबारसम्म नेपाल प्रहरीका १०३ र सशस्त्र प्रहरी बलका ९१ जना सुरक्षाकर्मी गरी जम्मा १९४ सुरक्षाकर्मी प्रहरी प्रधान कार्यालय, नक्सालमा हाजिर गराइएको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ ।

 

गृहमन्त्रीमा रवी लामिछाने भएको भोलि पल्ट गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरेर बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाका लागि पाएको सुरक्षाकर्मीमा नियम विपरीत भए फिर्ता गर्न भनेको थियो ।

 

त्यसअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले कर्मचारी र सुरक्षाकर्मीको व्यक्तिगत सुरक्षामा मापदण्ड विपरीत खटिएका प्रहरीलाई फिर्ता गरेको हो ।

Loading...