बलिउड सुपरस्टार सलमान खानका बडीगार्ड शेराका छोरालाई आफ्नोबडी गार्डमा लन्च गर्दै, गडफादर मान्छन सलमानलाई

काठमाडौँ: बलिउड अभिनेता सलमान खानले अब आफ्ना बडीगार्ड शेराका छोरा अबिर उर्फ ​​टाइगरलाई लन्च गर्ने भएका छन् । सलमान अबीरको अपोजिट अभिनेत्रीको खोजीमा रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

 

यस अघि सोनाक्षी सिन्हा, जरिन खान र सुरज पञ्चोलीलाई लञ्च गरेका उनले ​​टाइगरलाई लन्च गर्न लागेका हुन् । सलमानले तेरे नामका निर्देशक सतीश कौशिकलाई अबीरको भूमिका रहने गरी फिल्म निर्देशन गर्न अनुरोध गरेको समाचारमा जनाइउको छ । फिल्मको स्क्रिप्ट पनि तयार भइसकेको र २०२३ मा छायांकन सुरु हुने बताइएको छ ।

 

​​यसो त टाइगरले सलमानलाई गडफादर मान्छन् । सलमान जस्तै अबीर पनि फिटनेसका धेरै शौकिन छन् । मिडिया रिपोर्टका अनुसार अबीरले अलि अब्बास जफरलाई ब्लकबस्टर फिल्म सुल्तानमा असिस्ट गरेका थिए जसमा सलमान मुख्य भूमिकामा थिए । सन् २०२३ मा सलमान खान फिल्म ‘कस भाई की जान’ मा देखिनेछन् ।

Loading...