टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ आगामी १ सातामा डिजिटल अडिसन दिन सकिने , यस्तो छ फर्मेट

काठमाडौं: टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन २’को डिजिटल अडिसन चलिरहेको छ । इच्छुकहरले ब एक साता डिजिटल अडिसन दिन सकिने छ । अडिसनका लागि हिमालय टीभीको एप वा ह्वाट्स एप नम्बर ९८१०१२४११० मा भिडियो पठाउन सक्नेछन् ।

 

उक्त भिडियोमा ब्याकग्राउण्ड म्युजिक नभएको हुनुपर्नेछ । ६ वर्षदेखि १४ वर्षसम्म उमेरका बालबालिकाले मात्र शोमा भाग लिन पाउने भएका छन् । डिजिटल अडिसनपछि भौतिक रुपमै उपस्थित भएर प्रतिस्पर्धीले फिजिकल अडिसन दिनुपर्नेछ ।

 

आगामी एक महिनासम्म ब्लाइण्ड अडिसन सुरु हुने भएको छ ।अघिल्लो सिजनमा २२ हजार जनाले आवेदन दिएका थिए । द भ्वाइस किड्स नेपाल हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ ।

Loading...