सुनचाँदी किन्न भनि बजार जादै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको सुनचाँदीको मूल्य विवरण, आजका लागि कतिमा हुदै छ कारोबार ? जानकारि लिनुहोस

साताको कारोबारको अन्तिम दिन सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । यो साता मूल्यमा भएको उतारचढावका बीच शुक्रबार छापावाल सुन तोलामा १ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।

बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भएको थियो । आज भने मूल्य बढेर तोलामा १ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।

यसैगरी आज तेजावी सुन तोलामा १ लाख ९०० रुपैयाँमा कारोबार भएको छ । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १३८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर तोलामा १३९५ रुपैयाँमा कारोबार भएको हो ।

Loading...