बढ्दो ध्वनी प्रदूषणलाइ कम गर्न बैतडीका बजार क्षेत्रमा हर्न निषेध
बैतडीः बैतडीका बजार क्षेत्रमा हर्न निषेध गरिएको छ । बढ्दो ध्वनी प्रदूषणलाइ कम गर्न जिल्लाका बजार क्षेत्रहरुमा सवारी हर्न बजाउन निषेध गरिएको हो ।


जिल्ला प्रशासन कार्यालयमा सम्पन्न सुरक्षा निकाय, जिल्ला ट्राफिक, यातायात व्यवसायी र सरोकारवाला सहितको सर्वपक्षिय छलफलबाट बैतडी जिल्लाका बजार क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकर बहादुर बोहराले जानकारी दिए ।




उनका अनुसार ध्वनी प्रदूषणमुक्त बनाउने उदेश्यले जिल्लाका सबै बजार क्षेत्रमा लागू हुने गरि यो निर्णय गरिएको छ ।




