पुष १५ को अवसरमा सेभ हाउस लाई न्यानो लुगा सँगै तरुल बितरण


अत्तरिया : गोदावरी नगरपालिका वडा न. ३ मा बस्ने ब्यापारी एव् युवा समाजसेवी धुर्ब भट्टराईको नेतृत्वलाई साथ दिनेमा बालकृष्ण भट्टराई र रामदत भट्टले अत्तरियामा रहेको सेभ हाउसलाई पुस १५ को अवसर पारी न्यानो कपडा सँग सुदूरपश्चिमेली परिकारका लागि तरुल र सकलगन्ज दिएका छन ।


अनाथ एबम् असहयाय बालबालिकाहरुको यो कठ्याङग्रीदो चिसोको समयमा केही राहात होस भनेर २२ ओटा ब्लाङकेट ३०-३५ किलो तरुल र सकलगन्ज दिएर सहयोग गरेका छन ।



यो चिसो समयमा अनाथ एव् बेसहारा बालबालिकाको लागि खुसी चाहाने र हाम्रो यस संस्थाको सधै साहारा बनी आएका युवा समाजसेवीलाई धन्यवाद दिएकी छिन । युवा समाजसेवी भट्टराईले लामो समय देखि सेभहाउसलाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस्तै सहयोग गर्ने वाचा समेत दिनु भएको कुरा सेभ हाउस संचालिका जानकी मलासीले जानकारी दिनुभयो ।





